अमेरिकाले बग्दादी मारिँदाको भिडियो सार्वजनिक गर्ने « Khabarhub

अमेरिकाले बग्दादी मारिँदाको भिडियो सार्वजनिक गर्ने


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादी मारिँदाको भिडियो सार्वजनिक गर्न सकिने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमार्फत बग्दादी मारिँदाको भिडियो पनि सार्वजनिक गर्न सकिने जनाएको छ ।

बग्दादी मारिएको विषयमा केही देशबाट आशंका व्यक्त भइरहेका बेला ट्रम्पले भिडियो नै सार्वजनिक गर्ने बताएका हुन् ।

अमेरिकाको विशेष सुरक्षा बलको अपरेशनका दौरान यहि शनिबार गरेको अपरेशनका दौरान विश्वका १ नम्बर आतंककारी अबु बकर अल बग्दादी मारिएका थिए ।

राष्ट्रपति ट्रम्पले अपरेशनका मुख्य घटनालाई समेटिने गरी भिडियो सार्वजनिक हुन सक्ने बताए । यद्यपि भिडियो सम्पादन गरेर सार्वजनिक गरिने ट्रम्पको भनाइ छ ।

ट्रम्पले उत्तर–पश्चिमी सिरियामा विशेष सुरक्षा बलले बग्दादीविरुद्ध चलाएको अपरेशनको लाइव प्रसारण हेरेका थिए ।

ट्रम्पले आइतबार पत्रकार सम्मेलन गर्दै बग्दादी मारिएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ९ : ४० बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट