विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र शहीदका सपना पूरा हुन्छ : रास्वपा « Khabarhub

विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र शहीदका सपना पूरा हुन्छ : रास्वपा


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र शहीदका सपना पूरा हुने उल्लेख गरेको छ । 

सहिद दिवसको अवसरमा आज सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जारी गरेको सन्देशमा रास्वपाले शहीद दिवसले सुशासन र समृद्धिको यात्रामा एकताबद्ध हुन प्रेरणा दिने अपेक्षासमेत व्यक्त गरेको छ । सन्देशमा शहीदहरूको बलिदान राजनीतिक परिवर्तन मात्र नभई सुशासन, न्याय र समृद्धिसँग जोडिएको उल्लेख गरिएको छ ।  

सन्देशमार्फत पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आगामी फागुन २१ गतेको निर्वाचनलाई नयाँ आशा र नेतृत्व उदयको प्रस्थान विन्दुका रूपमा समेत व्याख्या गरेका छन् । 

‘निरंकुश राणाशासनको अन्त्यसहित नेपालको राजनीतिक आन्दोलन एवं जनअधिकार प्राप्ति र सामाजिक न्यायका लागि भएका सङ्घर्षहरूमा अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहीदहरूको गहिरो स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ’, सन्देशमा भनिएको छ, ‘शहीदको बलिदानको वास्तविक सम्मान भनेको राष्ट्रिय स्वाभिमान, एकता र जनअपेक्षाको यथोचित सम्बोधन हो ।’
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ४ : ०८ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री