काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा शहीद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
शहीद दिवसका अवसरमा शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शहीदहरूको सम्झनामा शहीद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका थिए ।
जेन-जी आन्दोलनका क्रममा संसद् भवन आसपासका क्षेत्रमा धेरै युवाहरू शहीद भएका थिए । दीप प्रज्वलनमा सहभागीहरूले शहीदको सपना पुरा गर्नुपर्नेमा जोड दिएका थिए ।













प्रतिक्रिया