सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ « Khabarhub

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।

सदरमुकामदेखि करिब डेढ किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा यादवमाथि गोली प्रहार भएको थियो । गोली उनको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ । उनले भने, ‘मृतक यादव खेती किसानीमा आबद्ध थिए । उनको हत्या कसले र किन गर्‍यो भन्ने विषयमा अहिले नै खुल्न सकेको छैन ।’

अज्ञात समूहले गोली चलाएर फरार भएकाले सिरहाका सीमावर्ती क्षेत्र र मुख्य नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । प्रेमनाथको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ७ : ११ बजे

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८

चिरपट प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ – श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु