खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु « Khabarhub

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको अभिव्यक्तिको सम्बन्धमा सामाजिक सञ्जालमा व्यक्त चासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक स्पष्टीकरण सार्वजनिक गरेको छ।

रास्वपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधान, प्रचलित कानून तथा नेपालको मौलिक सामाजिक–सांस्कृतिक संवेदनशीलताप्रति पार्टी सधैं सजग र प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा नेता सुनारले पार्टीमा आबद्ध हुनु अघि व्यक्त गरेका केही अभिव्यक्तिले समाजमा अन्योल सिर्जना गरेको र धार्मिक–सांस्कृतिक भावनामा चोट पुगेको भन्दै क्षमायाचना गरिसकेको जनाइएको छ।

सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको स्पष्ट पारिसकेको पार्टीले जनाएको छ । सामाजिक सञ्जालमा केही प्रसङ्गहरू तोडमोड गरी प्रचार गरिएको भए पनि त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उनले आत्मलोचना समेत गरेको विज्ञप्तिमा उल्लेख छ।

यस विषयमा पार्टीले उनलाई सचेत गराउँदै भविष्यमा अभिव्यक्ति तथा व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन दिएको छ। पार्टीले सुनारको उद्देश्य कुनै धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको कुरामा आश्वस्त रहेको जनाएको छ।

रास्वपाले आफ्नो विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सह(अस्तित्व र पारस्परिक सम्मानलाई मूल मर्म मानेको स्मरण गराएको छ। साथै, पार्टीले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्न सधैं कटिबद्ध रहने स्पष्ट पारेको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ८ : ५२ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ