भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर « Khabarhub

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु भएको छ । अजिरकोट गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसियसन फ्रान्स, आईको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखरा, रुइत फाउन्डेसन र आइ केयर फाउन्डेसनको प्राविधिक सहयोगमा बिहीवारबाट शिविर सुरु भएको हो ।

भच्चेक आधारभुत अस्पतालमा भएको शिविरको पहिलो दिन १५ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए । १० जना पुरुष र ५ जना महिलाको मोतियाबिन्दुको शल्यक्रिया भएको उनले जानकारी दिए । उनका अनुसार शिविरमा १०८ जनाले आँखा परीक्षण गराएका छन् । ‘दुईहप्ता अघि पालिकाको सबै वडाहरुमा स्क्रिनिङ शिविर संचालन गरेका थियौ,’ उनले भने, ‘त्यसबेला मोतियाविन्दु देखिएकाहरुको अहिले शल्यक्रिया गरेका हौ ।’

शिविरमा भच्चेक, लप्सीबोट, घ्याच्चोक लगायत लमजुङको दुधपोखरी गाउँपालिका स्थानीयले समेत सेवा लिएका थिए । शुक्रबारसम्म संचालन हुने शिविरमा वरिष्ठ नेत्र रोग विषेशज्ञ डाक्टर ज्योत्सना शर्मा नेतृत्वको टोलीले सेवा दिएका छन् । शिविरमा बिरामीहरुलाई निशुल्क रुपमा औषधी तथा चस्मा समेत वितरण गरिएको छ ।

वडा नम्वर ३ का अध्यक्ष बाबुराम अधिकारी, पालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडी, मुटु फाउन्डेसनका अध्यक्ष गुरुङ, मनोज एसोसियसन फ्रान्सका संस्थापक एवं सदस्यहरु लगायतको उपस्थितिमा शिविर उद्घाटन कार्यक्रम भएको हो ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १० : ४० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि