आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते « Khabarhub

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र सयस्थित पृथ्वीराजमार्गमा आज साँझ विद्युतीय माइक्रो दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरातर्फ गइरहेको बाप्र०१–००२ज ८५१८ नम्बरको माइक्रो अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा माइक्रोमा सवार १२ जनामध्ये छ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, चार जनाको मध्यम रहेका छन्भने अन्य छ जना सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा इभी चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका हर्कपुर निवासी अन्दाजी २३ वर्षीय मनिष कुँवर र कास्की पोखरा महानगरपालिका चमेरे गुफा निवासी २१ वर्षीया अन्जली पुन रहेका छन् । चालक कुँवरको पेट र छातीमा भित्री चोट लागेको छभने अन्जली पुनको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था छ । दुवै जनालाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ ।

मध्यम घाइते हुनेहरूमा रौतहट माधवनारायण नगरपालिका–१ निवासी १९ वर्षीय धिरज यादव, काठमाडौँ महानगरपालिका अनामनगर निवासी २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिका–९ निवासी २३ वर्षीय राज बलामी (सहचालक) र पाँचथर हिलीहाङ गाउँपालिका–३ निवासी २० वर्षीया इच्छा लिम्बू रहेका छन् ।

उनीहरू सबै बोल्न सक्ने अवस्थामा रहेको र आवश्यक उपचार भइरहेको प्रहरीले जनाएको छ । सहचालक बलामीलाई पनि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । घाइतेहरूको प्रारम्भिक उपचार आबुँखैरेनी अस्पतालमा गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ११ : ०२ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग