घाइते भएपछि कमल थापाले छाडे खेल | Khabarhub Khabarhub

घाइते भएपछि कमल थापाले छाडे खेल


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले घाईते भएपछि खेल छाडेका छन् । राप्रपा अध्यक्ष थापा चीनको सेन्जेन शहरमा शुक्रबारदेखि सुरु भएको आइटीएफ सेन्जेन इन्टरनेसनल सिनिएर सर्किट टेनिस प्रतियोगिताको दोस्रो खेलमा घाइते भएका हुन् ।

पिंडौला र तिघ्राको मांसपेशिमा एकैसाथ गंभीर समस्या भएकाले जितिरहेको खेल थापाले बीचैमा छाडेका हुन् । भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३ –० ले जितिरहेको अवस्थामा मांसपेशिमा समस्या देखिएको थियो ।

सो सेट ६–३ मा गुमाएका थापाले रिटायर्ड हर्ट भएर तेस्रो सेट खेल्न सक्ने अवस्था नभएपछि खेल परित्याग गरेका हुन् ।

राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाका अनुसार थापा घाइते भएपछि पहिलो दुई सेट २ घन्टा ३५ मिनेट लामो समयसम्म चलेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : ५१ बजे

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत