ला लिगा : एल्चेविरुद्ध बार्सिलोनाको प्रभावशाली जित « Khabarhub

ला लिगा : एल्चेविरुद्ध बार्सिलोनाको प्रभावशाली जित


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ। घरेलु मैदानमा बार्सिलोनाले एल्चेविरुद्ध ३-१ गोल अन्तरको जित निकालेको हो।

खेलको सुरुवातबाटै आक्रामक खेल प्रदर्शन गरेको बार्सिलोनाका लागि छैटौं मिनेटमा लामिन यामलले गोल गरे। २९ औं मिनेटमा एल्चेका लागि अल्भारो रोड्रिगेजले बराबरी फर्काए भने ४० औं मिनेटमा फेरान टोरेसले बार्सिलोनाको अग्रतालाई अगाडि बढाए।

पहिलो हाफमै २-१ को अग्रता लिएको बार्सिलोनाका लागि तेस्रो गोल खेलको ७२ औं मिनेटमा मार्कस रासफोडले गरेका हुन्। त्यसपछि एल्चेले कुनै गोल फर्काएन नसक्दा बार्सिलोनाले महत्त्वपूर्ण अंक जोडेको हो।

यो जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ५५ अंक बनाएको छ। तेस्रो स्थानको रियल मड्रिडको ५१ अंक छ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : १४ बजे

त्रिविकै सेवा आयोगमा गैरप्राज्ञिक व्यक्ति, प्राध्यापक संघले गर्‍यो विरोध

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस