प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २१४ मतदान केन्द्रमा एक हजार ४४२ जना कर्मचारी खटाइने भएको हो ।

निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट विवरण माग गरिएको निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए । केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन र खटनपटनको काम अगाडि बढाइने उनको भनाइ छ ।

एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जनाको उम्मेदवारी कायम रहेको छ । यहाँ एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई अन्य मतदाता रहेका छन् । पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा आठ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा सात जना कर्मचारी खटाइने निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।

सुरक्षा दृष्टिले जिल्लाका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । (रासस)

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ११ : २४ बजे

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ

सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने

काठमाडौं – चलचित्र पत्रकार दिनेश सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन– पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम

भारतको नयाँ बजेट : कर छुट, हाईस्पिड रेलदेखि पाँच राज्य जोड्ने बुद्ध सर्किट निर्माणसम्म

काठमाडौं- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आइतबार संसद्मा बजेट प्रस्तुत गरेकी

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित