बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन « Khabarhub

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिँड्दा अछाममा बेहस भई ढलेका पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ ।

अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत हुँदै काठमाडौं ल्याइएका सिटौला उपचाररत अस्पताल ग्रान्डीले आइतबार मृत घोषणा गरेको हो ।

अस्पतालका अनुसार उनको आइतबार १२ : ४५ मा मृत्यु भएको हो । ब्रेन हेमरेजका कारण उनको मृत्यु भएको बताइएको छ ।

शुक्रबार बिहान बेहोस भएका उनलाई त्यही दिन दिउँसो सेनाको स्काई ट्रकममा काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।

४५ वर्षीय सिटौला पछिल्लो समय फिल्महरूका मिडिया संयोजकका रुपमा सक्रिय थिए । उनले एक सिने अनलाइन पनि सञ्चालन गर्दै आएका थिए ।

बालेन्द्र समूहमा निकट रहेर सक्रिय उनी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रचारका लागि पश्चिम पुगेका थिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १ : ४३ बजे

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक: विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको