१२ डिसेम्बरमा आम निर्वाचन गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव संसदबाट अस्वीकृत | Khabarhub Khabarhub

१२ डिसेम्बरमा आम निर्वाचन गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव संसदबाट अस्वीकृत


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतको तल्लो सदन हाउस अफ् कमन्सले समय अगावै निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत गरेको छ ।

प्रधानमन्त्री जोनसनले डिसेम्बर १२ मा आम निर्वाचन गराउन राखेको प्रस्ताव तल्लो सदनले अस्वीकृत गरेको हो ।

संसदमा भएको मतदानमा प्रस्ताव अस्वीकृत गराउने पक्षमा २९९ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको बिबिसीले जनाएको छ ।

प्रधानमन्त्रीले संसद समक्ष राखेको प्रस्ताव पारित हुन ४३४ मत आवश्यक पर्ने कानूनी प्रावधान छ । यो प्रस्ताव अस्वीकृत भए पनि प्रधानमन्त्री जोनसन आफ्नो अडानबाट भने पछि हटेका छैनन् । उनले यसका लागि फेरी संसदमा अर्को प्रस्ताव पेश गर्ने बताइकोएको छ ।

मतदान हुनुअघि संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता जेरेनी कोर्बिनले प्रधानमन्त्री जोनसनको प्रस्तावलाई समर्थन गर्न नसकिने बताएका थिए ।

यसअघि युरोपेली संघका नेताहरुले ब्रेक्जिटबाट बेलायत बाहिरीने समयलाई आगामी जनवरी ३१ सम्म लम्ब्याउन सहमति जनाएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ११ : ४८ बजे

शेख हसिनालाई मृत्युदण्डको फैसलाले दबाबमा भारत, फिर्ता पठाउला बंगलादेश ?

नयाँदिल्ली- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आईसीटी)

त्रिवि क्रिकेट मैदानमा रात्रि खेलको मजा (तस्बिरहरू)

काठमाडौं– नेपालमा पहिलो पटक क्रिकेट प्रेमीहरुले रात्रिकालीन क्रिकेटको मजा लिन

बलिङतर्फ पनि दबाबमा साविक विजेता जनकपुर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा

उत्कृष्ट करदाताहरू सम्मानित

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘कर प्रणालीको सार, लगानीको आधार’

पहिलो दिनमै प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता उत्साहजनक

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका