यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त « Khabarhub

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ ।  

नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आज एक विज्ञप्ति निकालेर सराहना गरेको छ । 

उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् । रासस
 

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ५ : २३ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री