साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति   « Khabarhub

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौं महानगरलाई प्रयोग गर्न दिने भएको छ ।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले  भोटाहिटी चोकमा नेपाल प्रहरीको साइवर व्यूरोले प्रयोग गरिरहेको जग्गा तथा उक्त जग्गामा रहेको घर काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिने निर्णय गरेको हो । 

उक्त सहमति दिएपछि त्यसलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहकार्य र समन्वयका लागि गृह मन्त्रालयप्रति आभार प्रकट गरिन् । 

कार्यवाहक प्रमुख ढंगोलका अनुसार महानगरको वडा नं २८ रामशाहपथमा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न महानगरपालिकाले सहमति गरेको छ ।

उनले भनिन्, ‘यो जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कुल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा समरजंग कम्पनी कार्यालय (हाल साइवर ब्युरो रहेको जग्गाको स्वामित्व भएको कम्पनी) र बाँकी जग्गा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । यी निर्णयहरू अन्तरसरकार समन्वय, साझेदारिता र सहकार्यका  असल अभ्यास हुन् । नागरिक सेवा सहजताका लागि महानगरपालिका आपसी सम्बन्धका निम्ति सदैव तत्पर छ ।’ 

बैठकले कित्ता नम्बर ३५३, ३५४ र ३५५ को ४ आना, २ पैसा १ दाम भएको उक्त जग्गा र सो जग्गामा बनेको भवन महानगरपालिकालाई प्रयोग गर्न दिने गरी सहमति दिएको हो । यो जग्गा समरजंग कम्पनीको नाममा रहेको छ ।

यो भवनमा वडा कार्यालय राख्न महानगरपालिकाले माग गरेको थियो । सार्वजनिक र सरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने कानुनी व्यवस्था छ । 

यस्ता जग्गाको उपभोग गर्न परे जुन निकाय मातहत छ उसैसँग समन्वय र सम्झौता गर्नु पर्ने व्यवस्था अनुसार गृह मन्त्रालयसँग महानगरपालिकाले सहमतिका लागि माग गरेको हो । 

बैठकमा रामशाहपथमा उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता गर्न महानगरपालिकाले सहमति प्रदान गर्ने निर्णय भएको छ । 

यसरी सहमति प्रदान गरिएको जमिनमध्ये कम्तीमा ८ आना जमिनमा समरजंग कम्पनी कार्यालय र बाँकी जमिनमा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपभोग गर्ने गरी प्रक्रिया अगाडि बढाइने बैठकले निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ७ : ४६ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले