ओसामा बिन लादेनका छोराको टाउको बुझाउनेलाई १० लाख अमेरिकी डलर | Khabarhub Khabarhub

ओसामा बिन लादेनका छोराको टाउको बुझाउनेलाई १० लाख अमेरिकी डलर


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले आतंकवादी संगठन अल कायदाका संस्थापक नेता ओसामा बिन लादेका छोराको टाउकोको मूल्य निर्धारण गरेको छ ।

अमेरिकाको जस्टिस डिपार्टमेन्टको रिवार्ड फर जस्टिस कार्यक्रम अन्तर्गत हमजा बिन लादेनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकिएको छ ।

पछिल्लो समय अल कायदामा उदयीमान नेताका रुपमा रहेका थिए । उनले पछिल्ला केही वर्षयता अडियो तथा भिडियो सन्देश जारी गर्दै आफ्ना समर्थकहरुलाई अमेरिका तथा पश्चिमा मुलुकमा आक्रमण गरी आफ्ना बुबाको बदला लिन आह्वान गर्दै आएका थिए ।

अल कायदा प्रमुख ओसामा बिन लादेनको सन् २०११ मा अमेरिकी विशेष सुरक्षा कारवाहीमा मृत्यु भएको थियो ।

हमजा बिन लादेन हाल ३० वर्ष आसपास रहेको बताइन्छ । उनलाई अमेरिकाले गत वर्ष मात्र औपचारिक रुपमा आतंकवादीको सूचिमा राखेको थियो ।

उनी हाल पाकिस्तान तथा अफगानिस्तानको सीमा आसपास भूमिगत रहेको बताइन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १२ : ३९ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको