अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित « Khabarhub

अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले टी–२० शृङ्खलामा अस्ट्रेलियाविरुद्ध क्लिन स्वीप गरेको छ । अन्तिम खेलमा १११ रनको विशाल अन्तरको जित निकाल्दै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गरेको हो ।

अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रनको योगफल बनाएको थियो ।

पाकिस्तानका लागि सइम अयुबले ५६ रन बनाउँदा बाबर आजमले अविजित ५० रन बनाए । अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका शादाब खानले ४६ रन थपे । उनले १९ बलको सामना गर्दा पाँच छक्का बनाउँदै आक्रामक ब्याटिङ गरेका थिए ।

२०८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २३ र क्यामरन ग्रीनले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । अस्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका मोहम्मद नवाजले ५ विकेट लिए । उनले मात्र १८ रन खर्चिएका थिए । शाहीन शाह अफ्रिदीले दुई विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा २२ र दोस्रोमा ९० रनले जितेको थियो ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १० : ०४ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट