पोखराको पर्यटनमा नयाँ आयाम थपिरहेको पुम्दिकोट (तस्बिरहरू) « Khabarhub

पोखराको पर्यटनमा नयाँ आयाम थपिरहेको पुम्दिकोट (तस्बिरहरू)


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै यो ठाउँ पर्यटकीय स्थल बनेको छ । 

पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो नयाँ गन्तव्यको रुपमा लोकप्रिय भइरहेको छ ।

पुम्दिकोटमा भगवान् शिवको ५१ फिट अग्लो मूर्ति बनाइएको छ। धार्मिक पर्यटन धाम बनाउने उद्देश्यले यहाँ मूर्ति सहितका संरचना बनाइएको हो । 

करिब २२ रोपनी जमिनमा विशाल शिव मूर्तिसहित १०८ वटा शिवलिंग, डमरु, कलश लगायतका संरचना बनाइएको छ।

पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट हिमशृङ्खलासँगै सराङकोट, फेवाताल र पोखरा क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

पुम्दीकोटमा दिनहुँ सयौँ पर्यटक पुग्न थालेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १२ : ३४ बजे

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम