पत्रकार महासंघ काठमाडौं शाखालाई बक्यौता बुझाउन समाज कल्याण परिषद्को निर्देशन « Khabarhub

पत्रकार महासंघ काठमाडौं शाखालाई बक्यौता बुझाउन समाज कल्याण परिषद्को निर्देशन


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाज कल्याण परिषद्ले भक्तीमण्डप क्षेत्रस्थित स्टल नं. ७ मा रहेका नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई बक्यौता रकम तत्काल बुझाउन निर्देशन दिएको छ ।

परिषद् अन्तर्गतको भक्तीमण्डप व्यवस्थापन विभागले पत्राचार गर्दै लामो समयदेखि स्टल प्रयोग गरेबापतको बक्यौता रकम नबुझाइएको जनाएको हो ।

पत्रमा उल्लेख भएअनुसार पटक–पटक मौखिक तथा गोरखापत्र राष्ट्रिय दैनिकमार्फत सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराउँदा पनि बक्यौता रकम बुझाइएको छैन । यसअघि ७ दिनभित्र २०८२ पुष मसान्तसम्म बक्यौता रकम बुझाउन आग्रह गरिए पनि सो अनुरूप रकम दाखिला नभएको परिषद्को भनाइ छ ।

समाज कल्याण परिषद्ले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र रु। ५,१५,९५१ बक्यौता रकम बुझाउन आग्रह गर्दै अन्यथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ । परिषद्ले बक्यौता नतिरेमा स्टलमा बस्न नपाइने र त्यसबाट पर्ने सम्पूर्ण असरको जिम्मेवारी सम्बन्धित संस्थाकै हुने स्पष्ट पारेको छ ।

उक्त पत्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त सिंहदरबार तथा समाज कल्याण परिषद् पुल्चोक, ललितपुरलाई समेत बोधार्थ पठाइएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  २ : ४७ बजे

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार