अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध « Khabarhub

अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २४ सय भन्दा बढी उडानहरू रद्द भएको जनाइएको छ ।

उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आँधीको कारण शनिबार-आइतबारसम्म १८ सय भन्दा बढी उडानहरू रद्द गर्न बाध्य पारेको बताएको छ । यसै बिच हाल रनवे र सडकमा हिउँ सफा गर्नका लागि ३०० जनाको सफाइ टोली तैनाथ गरिएको जनाइएको छ ।

यसैबीच, हाट्र्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलले आइतवार एटलान्टा जाने लगभग ५० वटा उडानहरू बाहेक ६०० भन्दा बढी उडानहरू रद्द गर्ने घोषणा गरेको थियो ।

अमेरिकी मौसम विभागले उत्तर र दक्षिण क्यारोलिनामा भारी हिमपात र तीव्र हावा सहितको तीव्र तटीय आँधीबेहरीको चेतावनी दिएको छ । 

आँधीसँगैँ आएको  शक्तिशाली ध्रुवीय हावाले दक्षिण फ्लोरिडाका केही भागहरूमा तापक्रम घट्ने र पश्चिम भर्जिनियामा तापक्रम–३३ डिग्री सेल्सियसमा पुग्ने अनुमान विभागले गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ३ : ०७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको