गोरखा–१ का वाइसीएल इन्चार्ज लामिछाने कांग्रेसमा प्रवेश  « Khabarhub

गोरखा–१ का वाइसीएल इन्चार्ज लामिछाने कांग्रेसमा प्रवेश 


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा क्षेत्र नम्बर १ बाट नेकपा युवा नेता तथा सक्रिय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शहीद लखन गाउँपालिका वडा नम्बर ९ निवासी कृष्ण लामिछानेले नेकपा पार्टी परित्याग गर्दै कांग्रेसमा आबद्ध भएका हुन् ।

लामिछाने यसअघि वाइसीएल इन्चार्जको जिम्मेवारीमा रहँदै आएका थिए । उनले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रेम खत्रीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस गोरखा–काठमाडौँ सम्पर्क समितिका सभापति जनार्दन अर्यालले लामिछानेलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् ।

पार्टी प्रवेशपछि बोल्दै लामिछानेले कांग्रेसमा पछिल्लो समय देखिएको नेतृत्व परिवर्तन, सङ्गठनात्मक सक्रियता तथा पार्टी सभापति गगनकुमार थापा प्रधानमन्त्रीका उम्मेदवार बनेपछि कांग्रेसप्रति आकर्षण बढेको बताए । 

उनले कांग्रेसले मुलुकलाई स्थायित्व र विकासको दिशामा अघि बढाउन सक्ने विश्वासका साथ पार्टी प्रवेश गरेको उल्लेख गरेका छन् । गगन थापा सभापति भएपछि कांग्रेस प्रवेश गर्नेको लहर देशैभर बढेको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ३ : २५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री