साविक एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसहित तीन सयजना एमालेमा प्रवेश « Khabarhub

साविक एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसहित तीन सयजना एमालेमा प्रवेश


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्की जिल्लामा साबिक नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न राजनीतिक दल परित्याग गरी ३ सयभन्दा बढी नेता–कार्यकर्ता नेकपा (एमाले) मा समाहित भएका छन्।

एमालेको ‘फर्क अभियान’ अन्तर्गत पार्टी प्रवेश गर्नेहरूमा साबिक समाजवादी कास्की जिल्ला कमिटीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी, शिवराज आचार्यसहितका नेता–कार्यकर्ता छन्।

एमालेमा समाहित भएका सम्पूर्ण नेता–कार्यकर्तालाई नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, कास्की इन्चार्ज कृष्ण थापा लगायतका नेताहरूले स्वागत गरेका थिए।

एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पार्टी सचिव दर्शन लामाले गरेका थिए।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ४ : १६ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री