भाषा आयोगद्वारा राष्ट्रिय मातृभाषा कार्ययोजना कार्यान्वयनमा जोड « Khabarhub

भाषा आयोगद्वारा राष्ट्रिय मातृभाषा कार्ययोजना कार्यान्वयनमा जोड


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाषा आयोगले अन्तरराष्ट्रिय मातृभाषा दशक अन्तर्गत नेपालको राष्ट्रिय कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।  

सोमबार काठमाडौंमा आयोगले मातृभाषामा शिक्षासम्बन्धी सिफारिस २०८२ तथा अन्तरराष्ट्रिय मातृभाषा दशक (सन् २०२२–२०३२) अन्तर्गत आयोगले तयार पारेको राष्ट्रिय कार्ययोजनाका बारेमा जानकारी दिदै यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो । 

आयोगले विद्यालय तहमा मातृभाषालाई विषयका रूपमा पठनपाठन गर्न सिफारिस गरेको छ भने विद्यालय तथा विश्वविद्यालय तहमा मातृभाषालाई माध्यम र विषय दुवैका रूपमा पठनपाठन गर्न मौजुदा शिक्षक तथा प्राध्यापकको सक्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ । 

पत्रकार सम्मेलनमा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले भाषाको सबलीकरणका लागि राज्यले स्पष्ट नीति र पर्याप्त लगानी गर्नुपर्ने बताए । 

सरकारी कामकाजको भाषा र मातृभाषाबीच सन्तुलन कायम गर्दै दुवैको समानान्तर विकास आवश्यक रहेको उनको भनाइ छ ।

आयोगले स्थानीय तहमा मातृभाषा जान्ने कर्मचारी राख्ने तथा लोकसेवा आयोगद्वारा लिइने परीक्षामा मातृभाषामै परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने विषय सरकारसमक्ष सिफारिस गरेको जनाएको छ । 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : ३९ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री