भाषा आयोगद्वारा राष्ट्रिय मातृभाषा कार्ययोजना कार्यान्वयनमा जोड « Khabarhub

भाषा आयोगद्वारा राष्ट्रिय मातृभाषा कार्ययोजना कार्यान्वयनमा जोड


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाषा आयोगले अन्तरराष्ट्रिय मातृभाषा दशक अन्तर्गत नेपालको राष्ट्रिय कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।  

सोमबार काठमाडौंमा आयोगले मातृभाषामा शिक्षासम्बन्धी सिफारिस २०८२ तथा अन्तरराष्ट्रिय मातृभाषा दशक (सन् २०२२–२०३२) अन्तर्गत आयोगले तयार पारेको राष्ट्रिय कार्ययोजनाका बारेमा जानकारी दिदै यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो । 

आयोगले विद्यालय तहमा मातृभाषालाई विषयका रूपमा पठनपाठन गर्न सिफारिस गरेको छ भने विद्यालय तथा विश्वविद्यालय तहमा मातृभाषालाई माध्यम र विषय दुवैका रूपमा पठनपाठन गर्न मौजुदा शिक्षक तथा प्राध्यापकको सक्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ । 

पत्रकार सम्मेलनमा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले भाषाको सबलीकरणका लागि राज्यले स्पष्ट नीति र पर्याप्त लगानी गर्नुपर्ने बताए । 

सरकारी कामकाजको भाषा र मातृभाषाबीच सन्तुलन कायम गर्दै दुवैको समानान्तर विकास आवश्यक रहेको उनको भनाइ छ ।

आयोगले स्थानीय तहमा मातृभाषा जान्ने कर्मचारी राख्ने तथा लोकसेवा आयोगद्वारा लिइने परीक्षामा मातृभाषामै परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने विषय सरकारसमक्ष सिफारिस गरेको जनाएको छ । 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : ३९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको