आदिवासी जनजाति उत्थान प्रतिष्ठानले नेपाल आदिवासी ज्ञान सम्मेलन-महोत्सव आयोजना गर्ने « Khabarhub

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले नेपाल आदिवासी ज्ञान सम्मेलन-महोत्सव आयोजना गर्ने


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव आयोजना गर्ने भएको छ । 

प्रतिष्ठानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२ आयोजना गर्न लागिएको जनाएको हो । 

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङले पुस्तौँदेखि अभ्यासमा रहेका ज्ञानको संरक्षण र पुस्तान्तरण गर्ने अभ्यासलाई फराकिलो बनाउन प्रतिष्ठानले पहिलो पटक आदिवासी ज्ञान सम्मेलन–महोत्सव आयोजना गरेको जानकारी दिए । 

माघ २५ देखि २७ गतेसम्म आयोजना गरिने सम्मेलनका क्रममा आदिवासी जनजातिसँग सम्बन्धित १५ विषयगत शीर्षकमा आधारित ८१ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने उनले जानकारी दिए । 

आदिवासी जनजातिको भाषा, संस्कृति, मौलिक ज्ञान प्रणाली, परम्परागत सीप, प्राकृतिक स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, लैङ्गिक समानता, जलवायु परिवर्तन, मानव अधिकार, नीति निर्माण तथा समावेशी विकासका विविध पक्षमा समेत छलफल गरिने उनको भनाइ छ । 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : ५२ बजे

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि