झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन « Khabarhub

झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले झापा–५ का सुकुम्बासीका गुनासो सुनेका छन् । काठमाडौंमा जस्तै यहाँका सुकुम्बासी बस्तीमा डोजर चल्छ कि भन्ने चासोको जवाफ दिँदै बालेनले झापामा त्यस्तो नहुने बताएका छन् ।

मंगलबार बिहान कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा पुगेर बालेनले यस्तो बताएका हुन् । मतदाताको जिज्ञासामा बालेनले भने– ‘काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन ।’

बालेनले खोला किनारका सुकुम्बासीको लागत संकलन भूमि आयोगबाट गरेर स्थानीय तहले लालपूर्जा दिनुपर्नेमा जोड दिए ।
उनले सुकुम्बासीको विषयमा बोल्दै भने, ‘खोलाछेउ बाहेकका सुकुम्बासीको हकमा भूमि आयोगबाट लगत संकलन गरेर स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले लालपूर्जा दिनुपर्छ । यहाँको रियल हो । भूमि आयोगमा राजनीतिक पार्टीको मान्छे टीका लगाएर जाने प्रवृत्ति छ । पार्टीसँग नजिक भएकाले एउटा लालपुर्जा भए पनि अर्को पाउने भयो । जिन्दगीमा लालपूर्जा नभएकाले कहिले लालपूर्जा नपाउने भए । त्यो सिस्टम सुधार्नुपर्‍यो भन्ने हो ।’

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ११ : ३२ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री