काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल « Khabarhub

काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट उत्साही प्रतिक्रिया प्राप्त गरेको बताएका छन् ।

बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा आफू सांसदका रुपमा गरेको कामका आधारमा मतदाताले सकारात्मक प्रतिक्रिया दिएको बताए ।

‘तपाईँलाई भोट दिन्छौँ, तपाईंजत्तिको विकल्प अरु छैन भनेर प्रतिक्रिया प्राप्त भएको छ,’ उनले भने । आफू सांसद रहँदा विष्णुमती करिडोको रेखांकन गरेर सडक निर्माणको काम निरन्तर भइरहेको उनले बताए । काठमाडौं ५ बाट कांग्रेस उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले सांसदका रुपमा थुप्रै काम गरे पनि पर्याप्त प्रचार हुन नसकेकाले मतदातामाझ भएका कामको प्रचार आवश्यक रहेको बताए ।

‘रिंगरोड भद्रगोल अवस्थामा थियो,’उनले भने,‘अहिले धमाधम काम भइरहेको छ ।’ रिंगरोडभित्र विगतमा मेलम्चीको खानेपानी चुहिएर जताततै देखिएको समस्या समेत आफ्नै पहलमा समाधान भएको र सडकको दुरावस्था कम भएको उनले बताए ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी रिङरोडबाहिर समेत वितरण गर्ने गरी काम अघि बढेको र हाल बुढानिलकण्ठ तथा टोखा नगर क्षेत्रमा समेत धारा जडान भएर पानी वितरण भएको उनले बताए ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ५ : १० बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री