आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन कृष्ण पक्षको तृतीया तिथि। विश्व क्यान्सर दिवस। तदनुसार सन् २०२६ फेब्रुअरी ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन सहज छ। साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ। बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।

वृष : शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। बन्धुबाट धोका हुने भएकाले गोपनीयता भंग नगर्नु उचित हुनेछ। साथीभाइबाट भने साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : बोली र व्यवहारमा एकरुपता नहुँदा साथीभाइ टाढा हुनेछन्। राज्यको तर्फबाट सहयोग नहुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। आम्दानीका दृष्टिले दिन महत्त्वपूर्ण छ। लगानी गर्ने योजना भए हिम्मत गर्दा हुन्छ।

कर्कट : दिन राम्रो छ। आजको निर्णय दीर्घकालीन बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : इज्जत बढ्नेछ। धन आर्जन हुने दिन छ। पूराना मित्रसँगको भेटले मनमा उत्साह थपिनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ।

कन्या : मनमा खटपटी बढ्नेछ। आफ्नो सोचेका साथी विपक्षी कित्तामा पुग्ने भएकाले विश्वास गरेका मान्छेबाट सचेत बन्नुपर्नेछ। धार्मिक भ्रमणको अवसर मिल्नेछ।

तुला : आज राम्रो अवसर प्राप्त हुनेछ। गुम्न लागेको धन हात लाग्नेछ। शिक्षाको क्षेत्रमा लगानी विस्तार गर्नु उचित हुनेछ। स्वास्थ्यमा भने समस्या हुनसक्छ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सरस्वतीको आरधना गर्ने समय छ। जसले तपाईंलाई शैक्षिक क्षेत्रमा उचित मार्गदर्शन गर्नेछ। सानो कुराले मन भने चञ्चल हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

धनु : मन अशान्त बन्नेछ। समाजले तपाईंका विषयमा नकारात्मक टिप्पणी गर्दा शान्त भएर अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सहकर्मीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो देखिन्छ। विपक्षी साथीको साथ लिएर राम्रो काम गर्ने हिम्मत गर्नुपर्नेछ। व्यापारमा लाभ हुने याेग छ ।

कुम्भ : दिन सहज छ। नबुझेको कुरा बुझे भन्ने बानीले समस्या हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्नुपर्ने दिन छ। राज्यका लागि गरेको सेवाबाट मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : धनलक्ष्मी योग परेको छ। हरेक क्षेत्रमा डुब्न लागेको लगानी हात लाग्नेछ। शिक्षा क्षेत्रमा मिहेनतको खाँचो छ। हरेक काममा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। 

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : २१ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद