आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै « Khabarhub

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२० डिसेम्बर २१ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने निर्णय गरेअनुरूप सन् २०२१ देखि यो दिवस मनाउन थालिएको हो ।

यो दिवसले संस्कृति र विश्वासमा विविध भए पनि हामी सबै एउटै मानव परिवारका सदस्य भएको स्मरण गराउँछ । मानव भ्रातृत्वले शङ्काभन्दा सम्मानलाई प्राथमिकता दिँदै समान गरिमा र अधिकारका आधारमा सहअस्तित्वको अभ्यास गर्न प्रेरित गर्दछ ।

बढ्दो तनाव र ध्रुवीकरणको वर्तमान सन्दर्भमा मानव भ्रातृत्व केवल आदर्श मात्र नभई शान्तिपूर्ण सहजीवन र प्रत्येक व्यक्तिको अधिकार तथा गरिमाको संरक्षण गर्ने व्यावहारिक प्रतिबद्धता भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

यो वर्षको विषयवस्तुले विभाजनभन्दा संवादलाई प्राथमिकता दिन सबैलाई आह्वान गरेको छ । राष्ट्रसङ्घका अनुसार संवादको अर्थ सबै विषयमा सहमति हुनु होइन, बरु ध्यानपूर्वक सुन्नु, जिम्मेवारीपूर्वक बोल्नु र विशेष गरी डर, आक्रोश वा अनिश्चितताका अवस्थामा पनि एकअर्काको मानवता पहिचान गर्नु हो ।

मानव भ्रातृत्वले विभेद, जातीय घृणा, विदेशीप्रति घृणा तथा घृणात्मक अभिव्यक्तिलाई अस्वीकार गर्न पनि जोड दिएको छ । उक्त विश्व संस्थाले ‘अनलाइन’ र ‘अफलाइन’ दुवै माध्यममा भिन्नतामाथि हुने छलफललाई हानिरहित र सम्मानजनक बनाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समान अधिकार, दया र आपसी सम्मानमा आधारित विश्व निर्माण गर्दै एक मानव परिवारका रूपमा शान्तिपूर्वक बाँच्न सबैको साझा भूमिका हुने बताएका छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ४५ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी