राष्ट्रिय हित र स्वाभिमानमा केन्द्रित घोषणापत्र ल्याउनेछाैँ : ईश्वर पोखरेल « Khabarhub

राष्ट्रिय हित र स्वाभिमानमा केन्द्रित घोषणापत्र ल्याउनेछाैँ : ईश्वर पोखरेल


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उम्मेदवारहरूले जनताको मत जित्ने एजेण्डाका साथ निर्वाचनमा होमिएको दावी गरेका छन् । 

बुधबार काठमाडौं उपत्यकाका उमेदवारसँगको संवाद कार्यक्रममा उनीहरूले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारीका साथ जनताको मत जित्ने एजेण्डासहित निर्वाचनमा होमिएको दावी गरेका हुन् ।

कार्यक्रममा एमालेका नेता एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय हित, स्वाभिमान, देशको अखण्डता र स्वतन्त्रमा केन्द्रित भएर छिटै घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिए । उनले विगतमा भएका काम र आगामी दिनमा गरिने कामको समयसूचीसहितको घोषणापत्र आउने बताए ।

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएकाले यसमा पार्टी केन्द्रीत हुने उनको भनाइ छ । नेता पोखरेलले वर्तमान व्यवस्थासँग गाँसिएका केही पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनमार्फत ती विषयहरूलाई परिमार्जन गर्दै अघि बढ्ने धारणा व्यक्त गरे ।

नेता पोखरेलले आगामी निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्दै जनतासमक्ष त्यसलाई प्रमाणित गरेर देखाउने दाबी गरे ।  एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका षड्यन्त्र हुँदै आएको आरोप लगाउँदै उहाँले बाहिरी षड्यन्त्रलाई चिर्न पार्टी भित्री रूपमा बलियो हुनुपर्नेमा जोड दिए ।

त्यस्तै एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको आरोप लगाए । उनले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै सरकार मतपरिणाम नै बदल्ने योजनामा लागेको आरोप लगाए ।

निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर मतपरिणाम परिवर्तन गर्ने प्रयास भइरहेको उनको भनाइ थियो  । उनले संसद् पुनस्थापनाका विषयमा अदालतले छिटो न्यायनिरूपण गर्नुपर्नेमा जोड दिए ।  

त्यस्तै एमालेका सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद् पुनर्स्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको बताए । उनले मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न आग्रह गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको बताए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १ : ५३ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको