बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश « Khabarhub

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लबले जर्जियन फुटबल क्लब लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि अन्तिम समयमा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइब्रेकरमा भारतलाई पराजित गर्दै आयोजक धरानले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

टाइब्रेकरमा धरान फुटबल क्लबका प्रज्ज्वल थापा, नगेन राई, विवेक राई र राज लिम्बूले गोल गरेका थिए भने, जर्जियन फुटबल क्लबका सैजा र शरद मुण्डालेगोल गर्न सफल भए भने बक्सर प्रधान र विशाल क्षेत्रीको प्रहार धरानका गोलकिपर विपुल मगरले रोकेका थिए ।

आजको खेलमा धरान फुटबल क्लबका विपुल मगर ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद रु १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत शुक्रबार झापा–११ झापा र रोयल थिम्पु क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रतियोगितामा १० टोलीको सहभागिता छ । विजेताले नगद रु १० लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५/२५ हजार साथै सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १० : ४७ बजे

समानान्तर महाधिवेशनको तयारीमा कांग्रेसको असन्तुष्ट पक्ष, सम्पर्क कार्यालय तयार गरिँदै

काठमाडौं– कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।