रक्तश्राव नरोकिएपछि सुत्केरीको हेलिकप्टरबाट उद्धार « Khabarhub

रक्तश्राव नरोकिएपछि सुत्केरीको हेलिकप्टरबाट उद्धार


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउँदको हेलिकप्टरमा उद्धार गरिएको छ ।

उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फतउद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको हो ।

प्रसुती सेवा केन्द्र लेकममा बच्चा जन्माएकी साउँदको अत्यधिक रक्तस्राव भएपछि उद्धार गरिएको हो । उनलाई राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

“अत्यधिक रक्तस्राव भएको खबर पाएपछि हेलिकप्टरको व्यवस्था गरेका हौँ”, उनले भने । सुत्केरीको साथमा रहेकी प्रसुती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहराका अनुसार साउँदको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : २१ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले