रौतहट दुर्घटनाबारे रास्वपाले भन्यो : बालिकाका परिवारलाई राहत र न्याय दिलाउँछौँ « Khabarhub

रौतहट दुर्घटनाबारे रास्वपाले भन्यो : बालिकाका परिवारलाई राहत र न्याय दिलाउँछौँ


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट चार वर्षीया बालिकाको निधन भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ।

शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा उक्त घटनाले आफूहरूलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् । बुर्लाकोटीले मृतक बालिकाप्रति श्रद्धाञ्जली दिँदै छानबिनका लागि सघाउने जनाएका छन् ।

रास्वपाले घटनालाई गम्भीर रूपमा लिँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

कानुनी प्रक्रिया पूरा गर्दै पीडित परिवारलाई न्याय दिलाउने विषयमा पार्टीले कुनै कसर बाँकी नराख्ने विज्ञप्तिमा बुर्लाकोटीले उल्लेख गरेका छन् ।

पीडित परिवारलाई राहत र सहयोग उपलब्ध गराउन पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको पनि उनलले बताएका छन् ।

पार्टीले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनको परिचालनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

उम्मेदवार, पार्टीपंक्ति र सवारी चालकहरूलाई सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राखेर जिम्मेवार ढंगले काम गर्न कडा निर्देशन जारी गरिएको रास्वपाले जनाएको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १२ : १६ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको