हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत « Khabarhub

हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका एकजना बहालवाला हवल्दार नै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचारमा लागेको पाइएको छ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकसहितमा रास्वपाको प्रचार गरिरहेका उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट नियन्त्रणमा लिएको हो।

रवि लामिछाने नेतृत्वको रास्वपालाई सहयोग मिल्ने गरी चुनावी प्रचारमा जुटेका हवल्दार श्यामनारायण पटेललाई नियन्त्रणमा लिएर पर्सा प्रहरीले कारबाही अघि बढाएको हो ।

पटेलले सामाजिक सञ्जालमा रास्वपाको प्रचारसहित भोट दिन आग्रह गरेको पाइएको छ। त्यसपछि उनलाई अनुसन्धानमा तानिएको प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले बताएका छन् ।

पटेलको उक्त गतिविधिलाई पर्सा प्रहरीले आचरणविपरीतको कार्य भनेको छ। पटेलको दरबन्दी जिल्ला प्रहरी कार्यालय पर्सामै छ ।

सरकारी सेवामा कार्यरत कुनै पनि व्यक्तिले उम्मेदवार वा दलको दलको पक्षमा प्रचार गर्न निषेध गरिएको छ । अर्कातिर प्रहरी सेवामा रहेका हकमा अझ कडा अनुशासन तय गरिएको हो ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  २ : २५ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको