बालेनको कार्यालय तोडफोड भन्दै एआईको दुरूपयोग, कारबाही गर्ने झापा प्रशासनको चेतावनी « Khabarhub

बालेनको कार्यालय तोडफोड भन्दै एआईको दुरूपयोग, कारबाही गर्ने झापा प्रशासनको चेतावनी


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

झापा- जिल्ला प्रशासन कार्यालय, झापाले सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाउने व्यक्ति वा समूहलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।

प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिका वडा नम्बर २ को क्याम्पा बजारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साह (बालेन) को सम्पर्क कार्यालय नजिकैको एक घरको झ्यालको सिसा फुटाइएको कुरालाई लिएर भ्रामक प्रचार गरिएको जनाएको छ।

गत माघ २१ गते राति करिब १२:१५ बजे उक्त घरको शिशा ढुंगाले हानेर फुटाइएको घटनाबारे जाहेरी परेपछि कारबाही प्रक्रिया अघि बढाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले जनाएका छन् ।

प्रशासनले उक्त घटनालाई वास्तविक अवस्था भन्दा फरक देखिने गरी एआई प्रविधिको दुरूपयोग गरेर गम्भीर तोडफोड भएको जस्तो तस्वीर बनाई सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको पाइएपछि त्यसमा संलग्न व्यक्ति वा समूहको पहिचान गरी कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार भइसकेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले यस्ता भ्रामक समाचार र गलत सूचना प्रचारप्रसार गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ४ : ०६ बजे

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै