भ्रष्टाचार मुद्दामा थुनिएका अधिकारीलाई सर्वोच्चले पनि छोड्न मानेन « Khabarhub

भ्रष्टाचार मुद्दामा थुनिएका अधिकारीलाई सर्वोच्चले पनि छोड्न मानेन


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा थुनामा परेका नेपाल नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई सर्वोच्च अदालतले पनि थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई धरौटीमा थुनामुक्त गर्न शुक्रबार अस्वीकार गरेको हो ।

यससँगै महानिर्देशक अधिकारीले थुनामै बस्नुपर्ने भएको छ। विशेष अदालतको आदेशसँगै उनी अहिले डिल्ली बजार कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

विशेषले थुनामा पठाउने गरी यसअघि दिएको आदेशलाई सर्वोच्चले सदर गरेसँगै अधिकारीको जेल बसाइ लम्बिएको छ।  

गत मंसिर २१ गते उनलाई विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले थुनामा राख्न आदेश दिएको थियो। विशेषको उक्त आदेशविरुद्ध अधिकारी गत पुस २१ गते सर्वोच्च गएका थिए ।

भक्तपुरको नालिन्चोक हेलीप्याड निर्माणको  क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ करोड ५७ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

अख्तियारले अधिकारीसहित क्यानकै पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि बुधबार नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको थियो । अधिकारीले पोखरा विमानस्थल निर्माणमा भएको हिनामिना प्रकरणमा भने धरौटीको राहत पाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ५७ बजे

ब्रेक्जिटपछि ईयूसँग सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत

लन्डन – बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत