अध्ययनका लागि सिंगापुर गए गगन थापा | Khabarhub Khabarhub

अध्ययनका लागि सिंगापुर गए गगन थापा


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि सिंगापुर गएका छन् ।

सिंगापुरस्थित ननयाङ टेक्नोलोजिकल युनिभर्सिटीमा उनले यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा फेरि विद्यार्थी हुने मौका मिल्यो ।’

यसअघि थापा अमेरिकास्थित हार्वड विश्वविद्यालयमा दुई साताको अध्ययनका लागि अमेरिका गएका थिए ।

यसैबीच, सिंगापुर गएका गगन थापाले सिंगापुरमै रहेकी बहिनी निर्मला नकर्मी चानसँग भाइटीका लगाएको जनाएका छन् । उलेन फेसबुकमा लेखेका छन्-

कस्तो सुखद संयोग!! अध्ययनको लागि सिगांपुरमा आउँदा पनि भाइटीका छुटेन। यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी चान संग भाइटिका । ३० वर्ष देखि भाइटिका लगाइरहेको बहिनीसँग आज भने सिगांपुरे तरिकामा भाइटिका !!

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : ०८ बजे

सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ

जेन-जी आन्दोलनले प्रभावित सुदूरपश्चिम प्रदेशसभा छिट्टै सञ्चालन गरिने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज सम्पन्न सर्वदलीय

नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने

काठमाडौं– विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले