अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने « Khabarhub

अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ। नूकस्थित अमेरिकी वाणिज्यदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

वाणिज्यदूतावासका अनुसार यो भ्रमण ग्रिनल्याण्ड सरकारको निमन्त्रणामा हुन लागेको हो। तर प्रतिनिधिमण्डलमा सहभागी हुने सबै सांसदको नाम सार्वजनिक गरिएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार सिनेटर लिसा मर्कोव्स्की भ्रमणमा सहभागी हुने अपेक्षा गरिएको छ।

मर्कोव्स्की हालै डेनमार्क भ्रमणमा गएकी थिइन्। सो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनले ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन चाहेको अभिव्यक्तिपछि उत्पन्न तनावबारे छलफल गर्न केन्द्रित थियो।

भ्रमणका क्रममा अमेरिकी सांसदहरूले ग्रिनल्याण्डका स्थानीय अधिकारी, संसद् सदस्य तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्नेछन्। वाणिज्यदूतावासका अनुसार उक्त भेटघाटको उद्देश्य ग्रिनल्याण्ड सरकार र जनताको दृष्टिकोण बुझ्नु तथा द्विपक्षीय सम्बन्धबारे छलफल गर्नु रहेको छ।

यसैबीच, शुक्रबार फ्रान्स र क्यानडाले नूकमा आ–आफ्ना वाणिज्यदूतावास स्थापना गरेका छन्। फ्रान्सले ग्रिनल्याण्डमा वाणिज्यदूतावास खोलेसँगै स्वशासित डेनिस भूभागमा कूटनीतिक कार्यालय स्थापना गर्ने पहिलो युरोपेली संघको सदस्य राष्ट्र बनेको फ्रान्सको विदेश मन्त्रालयले जनाएको छ।

फ्रान्सले जाँ–नोएल पोइरियेलाई नूकका लागि महावाणिज्यदूतको रूपमा नियुक्त गरेको छ। यस कदमले फ्रान्सको वाणिज्यदूत सेवा सञ्जाललाई सुदृढ बनाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

क्यानडाको नयाँ वाणिज्यदूतावास उद्‌घाटन समारोहमा क्यानडाकी विदेश मन्त्री अनिता आनन्द, क्यानडाकी गभर्नर जनरल मेरी साइमन तथा ग्रिनल्याण्डकी विदेश मन्त्री भिभियन मोट्सफेल्ट सहभागी भएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार साइमनले भ्रमणका क्रममा ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनसँग पनि भेट गर्ने कार्यक्रम छ।

विश्वकै सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड डेनमार्क अधिराज्यअन्तर्गतको स्वशासित भूभाग हो। यसको रक्षा र विदेश नीतिको जिम्मेवारी भने कोपनहेगनसँग नै रहेको छ।

सन् २०२५ मा पुनः राष्ट्रपति पद सम्हालेपछि डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन्, तर युरोपेली मुलुकहरूले उक्त प्रस्तावलाई निरन्तर अस्वीकार गर्दै आएका छन्।
 

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १ : ०९ बजे

गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ

एमाले संसदीय दलको नेतामा बादल सर्वसम्मत (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा संसदीय

बिस्का: जात्राका लागि श्री भैरवनाथको रथ निर्माण हुँदै

काठमाडौं– काठमाडौं उपत्यकाको प्राचीन शहर भक्तपुरमा मनाइँदै आएको १५०० वर्षभन्दा

प्रचण्डका सैन्य कमान्डर अब ओलीका संसदीय कमान्डर

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा संसदीय

मधेशका सांसद्‍लाई प्रधानमन्त्रीले भने- आफ्नो क्षेत्रका समस्या ह्वाट्सएपमार्फत् तत्कालै पठाउनुस्

काठमाडौं– प्रतिनिधिसभाका सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री