काठमाडौंमा दाङका कांग्रेस उम्मेदवारको समर्थनमा युवा भेला « Khabarhub

काठमाडौंमा दाङका कांग्रेस उम्मेदवारको समर्थनमा युवा भेला


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन काठमाडौंमा युवा भेला आयोजना गरिएको छ। शंकरदेव क्याम्पसको सभाकक्षमा भएको भेला दाङ–काठमाडौं युवा भेलाले हरिस भण्डारीको नेतृत्वमा सहजीकरण समिति गठन गर्दै सम्पन्न गरेको छ।

भेलाले तत्काल चुनाव केन्द्रित गतिविधिमा सक्रिय सहभागी हुने र भविष्यमा यसलाई नेपाली कांग्रेस दाङ–काठमाडौं सम्पर्क समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ।

भेलामा झण्डै १५० जना विद्यार्थी, युवा र पेशागत वर्गका प्रतिनिधिहरू सहभागी थिए। नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको भन्दै कांग्रेसजन एकजुट हुनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघका पूर्व सभापति विपुल पोखरेलले उच्च मनोबलका साथ चुनावी प्रचारमा केन्द्रित हुन र सम्भव भएसम्म दाङ पुग्न आग्रह गरे । नेपाल औषधी आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले दाङको चुनावी वातावरणबारे छलफल गर्दै सबैको सहयोगले निर्वाचनमा सफलता प्राप्त गर्न सकिने बताए।

युवा नेता हरिस भण्डारीले आगामी दिनमा पनि यस्ता भेला र छलफल जारी राखेर दाङको चुनावी वातावरणसँगै विकास र निर्माणका विषयमा बहस गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक सञ्जालका बहसले पनि चुनावमा प्रभाव पार्ने भएकाले युवा र विद्यार्थी सचेत हुनुपर्नेमा जोड दिए।

फागुन २१ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्र नं २ बाट युवा व्यवसायी एवं महासमिति सदस्य किरण किशोर घिमिरे, र क्षेत्र नं ३ बाट निवर्तमान केन्द्रीय सदस्य दीपक गिरी उम्मेदवार रहेका छन्।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ६ : १४ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका