आज २०८२ साल माघ २५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ २५ गते आइतबारको राशिफल


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन कृष्ण पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी ८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : सुझबुझसँग गरेको लगानीबाट फाइदा हुनेछ । साथीभाइको साथले तपाईंका काम सहजै बन्नेछन् । राज्यको लगानीले सार्थकता पाउने छ । तपाईंको तर्क सफल बन्नेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो भने देखिन्छ ।

वृष : एकल निर्णय गर्ने बानीले ठुलो घाटा हुनसक्ने जोखिम छ । निर्णायक शब्द सार्वजनिक गर्नु अगाडि सोच्नुपर्ने समय छ । अप्रिय खबरले मन अशान्त बन्नेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुन : मन खुशी रहनेछ । सम्पत्ति आर्जन हुनेछ । मिष्ठान्न भोजनको योग रहेको छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले सोचेका काम फटाफट हुनेछन् । दाम्पत्य सुख मिल्ने दिन छ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा हरेक काममा सफलता मिल्नेछ ।

सिंह : दिन सहज बन्नेछ । माया मार्न लागको सम्पत्ति हात लाग्नेछ । आज नयाँ कामको थालनी हुनेछ । शुभ खबर सुन्न पाइनेछ । अगाडि मिठो बोलेर पछाडि कुरा काट्ने साथीसँग सचेत बन्नु उचित हुनेछ ।

कन्या : बौद्धिक क्षेत्रमा टकराब हुनेछ । हरेक निर्णयका लागि फराकिलो छाती पर्नुपर्ने समय छ । शिक्षामा गरेको प्रयासमा अवरोध देखिने जोखिम छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

तुला : दिन सहज छ । सानो कुरामा नअल्झिनु उचित हुनेछ । विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारमा एक्लो भएको महसुस हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।  

वृश्चिक : सोचेको काम सफल बन्नेछ । बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनु उचित हुनेछ । कूटनीतिक ढंगले अगाडि बढ्नु राम्रो हुनेछ । परिवारसँग रमाइलो यात्राको अवसर मिल्नेछ ।

धनु : दिन सामान्य छ । मिल्ने साथीले धोका दिने जोखिम रहेको छ । घुमाउरो भाषा बुझ्न नसक्दा हरेक ठाउँमा अप्ठेरो परिस्थिति बन्नसक्छ । परिवारका तपाईंको प्रस्ताव अस्वीकृत हुँदा मनमा खटपटी बढ्नेछ ।

मकर : शनिदेव अनुकुल भएमा दिन सहज छ । साथीभाइले तपाईंलाई साथ दिनेछन् । राजनीतिक टकराबमा अडानलाई यथावत राख्नु उचित देखिन्छ । बौद्धिक क्षेत्रले तपाईंलाई साथ दिएको छ । स्वास्थ्यमा सुधारका साथ दिएका छन् । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

कुम्भ :सानो कुराले मनमा झन्झट बढ्नेछ । आफ्नो कुरामात्र कार्यान्वयन हुनुपर्छ भन्ने बानीलाई केही हदसम्म छोड्नु उचित हुनेछ । अरुको प्रशंसा गर्दा आफ्नो ख्याल गर्न नझुल्नु राम्रो हुनेछ । धार्मिक क्षेत्रको झुकाबले दिन शान्त बन्नेछ ।

मीन : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आफन्तसँग सचेत भएर अगाडि बढ्नुपर्ने समय छ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । स्वास्थ्यले साथ दिनाले दिन अनुकुल बन्नेछ । 

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : १८ बजे

सवारी दुर्घटनामा गाडी चालकको मृत्यु

बैतडी– बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास

मौसम पूर्वानुमान : तराईमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

स्पेनिश ला लिगा : रोबर्ट, लामिन र मार्कको गोलमा बार्सिलोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना