विराटनगरमा जेन–जी आन्दोलनपछि पहिलोपटक कोशी प्रदेशसभा बैठक « Khabarhub

विराटनगरमा जेन–जी आन्दोलनपछि पहिलोपटक कोशी प्रदेशसभा बैठक


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनपछि पहिलो पटक कोशी प्रदेश सभाको बैठक विराटनगर स्थित वीरेन्द्र सभागृहमा बसेको छ ।  

भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी गरिएपछि कोशी प्रदेश सभाले विराटनगर महानगरपालिकासँग मासिक ८ लाख रुपैयाँमा वीरेन्द्र सभागृह भाडामा लिएको थियो । 

प्रदेश सभाको सचिवालयका लागि कटहरी स्थित फलफूल तथा थोक बजार लिइएको भए पनि बैठकका लागि पूर्वाधार नबनेका कारण वीरेन्द्र सभागृह भाडामा लिएर प्रदेश सभा बैठक सञ्चालन गरिएको हो । 

कोशी प्रदेश सभाको आठौँ अधिवेशनलाई सम्बोधन गर्दै सभामुख अम्बर बहादुर विष्टले जेन-जी आन्दोलनका क्रममा धेरै धनजनको क्षति भएको र यसबाट प्रदेश सभालाई पनि अपूरणीय क्षति पुगेको बताए  । 

उनले जेन-जी आन्दोलनका क्रममा उठेका भ्रष्टाचारमुक्त समाज र सुशासनको नारालाई सबैले आत्मसाथ गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

आठौँ अधिवेशनमा सभामुख विष्टले प्रदेश प्रमुखका कार्यालयबाट प्राप्त पत्रहरू, मन्त्रिपरिषद् गठन र प्रदेश सभा सदस्य राजीनामा पत्र पढेर सुनाउनु भएको थियो भने आठौँ अधिवेशनको पहिलो दिन विभिन्न दलका प्रदेशसभा सदस्यहरूले मन्तव्य राखेका थिए । 

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : १७ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित