कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ? « Khabarhub

कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?



काठमाडौं- के तपाईंसँग मतदाता परिचयपत्र बनाउने, मतदान क्षेत्र परिवर्तन गर्ने, निर्वाचन आचारसंहिता मिचिएमा गुनासो गर्ने लगायत निर्वाचनसम्बन्धी कुनै जिज्ञासा छन् ? छन् भने आयोगले तपाईंको सहजताका लागि गुनासो सुन्ने कल सेन्टरको व्यवस्थापन गरेको छ । अझ सुविधाको विषय त के छ भने, सेन्टरको (११०२) नम्बरमा कल गर्दा शुल्क समेत लाग्दैन ।

आयोगले माघ ५ गते स्थापना गरेको सेन्टरमा १० जना कर्मचारी बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खटिइरहेका हुन्छन् । आयोगको मुख्य भवनको माथिल्लो तल्लामा रहेको सेन्टरमा दिनैभर उनीहरु गुनासो सुन्न र जवाफ दिनमै व्यस्त रहन्छन् ।

बेलुका ६ बजे कर्मचारी कार्यालयबाट घर फर्किन्छन् । तर पनि गुनासो गर्न भने चौबीसै घण्टा सकिन्छ । उनीहरु नभएको हकमा भने गुनासो सिस्टममा रेकर्ड भएर बसेका हुन्छ्न् । जसलाई भोलिपल्ट कार्यालय पुगेपछि सम्बोधन गरिन्छ ।

आइतबार बिहान ११ बजे खबरहब कल सेन्टर पुग्दा गुनासो सम्बोधन गर्न उनीहरुलाई भ्याइनभ्याइ थियो । १० कर्मचारीमध्ये केहीले शुक्रबार साँझ ६ बजेदेखिका सिस्टममा थुप्रिएका गुनासो सुल्झाइरेका थिए भने केही लाइभ सुनुवाइमा व्यस्त देखिन्थे ।

‘म विदेशमा भएकाले मैले मतदाता नामावली बनाउन पाइनँ, राष्ट्रिय परिचयपत्रबाट पनि भोट हाल्न पाइन्छ ?’

सोहीक्रममा कल सेन्टरमा खटिएकी निर्जला अर्यालको फोनमा एक गुनासोकर्ता सोध्छन्, ‘म विदेशमा भएकाले मैले मतदाता नामावली बनाउन पाइनँ, राष्ट्रिय परिचयपत्रबाट पनि भोट हाल्न पाइन्छ ?’

मतदाता नामावलीमा नाम दर्ता नभएको खण्डमा कुनै पनि परिचयपत्रको आधारमा मत हाल्न नपाइने उनी जवाफ दिन्छिन् । अर्का गुनासोकर्ता प्रश्न गर्छन्, ‘म ट्रेड युनियनमा कार्यरत कर्मचारी हुँ, राजीनामा दिएर निर्वाचनमा खटिन मिल्छ ?’

उनलाई जवाफ दिँदै अर्की कर्मचारी सरस्वती श्रेष्ठ भन्छिन्, ‘यो विषय कानुन शाखासँग सम्बन्धित रहेकाले उहाँहरुलाई कल फर्वाड गरिदिएको छु, सोही शाखाबाट तपाईं जवाफ पाउनुहुनेछ ।’

मतदाता नामावली, निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी अधिकतम गुनासो आउने गरेको सेन्टरका प्रमुख मधुसुदन पुडासैनी बताउँछन् ।

‘मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नको सुनुवाइका लागि विगतमा जस्तै अहिले पनि कल सेन्टर चलाएका छौँ, दैनिक करिब सय बढी प्रश्न, जिज्ञासा र गुनासो आउने गरेका छन्,’ उनले भने ।

केहीले त अझैसम्म पनि मतदाता नामावली दर्ता गराउन पाइन्छ कि हाेइन भन्दै प्रश्न गर्ने गरेको उनी सुनाउँछन् ।

मतदाता नामावली, निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी अधिकतम गुनासो आउने गरेको सेन्टरका प्रमुख मधुसुदन पुडासैनी बताउँछन् ।

‘भोट हाल्न के गर्नुपर्छ भन्दै पनि कल आउँछ, मतदाता नामावलीमा नयाँ नाम दर्ता हुन्छ कि हुँदैन ? केहीले जिल्ला सार्न, नाम ठेगाना सच्याउन समेत फोन गर्नुहुन्छ, अहिले त यी कुनै पनि काम गर्न मिल्दैन । तर पनि जानकारीमा नभएका मतदाताले गुनासो गरिरहनुहुन्छ, उनले थपे, ‘योसहित आचारसंहिता उल्लङ्घनबारे पनि गुनासो आउने गरेको छ ।’

निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलनमा रोक लाग्ने कानूनी व्यवस्था छ । तर जेन–जी सरकाले आसन्न निर्वाचनका लागि भने अध्यादेश नै जारी गरेर यो व्यवस्था उल्ट्याएको थियो ।

भदौ २७ मा निर्वाचनको मिति तय गरेको सरकारले असोज ९ देखि मंसिर ५ सम्म मतदाता नामावली सङ्कलनको व्यवस्था गरेको थियो । मंसिर २६ गतेसम्म भने मतदाता नामावलीमा भएका त्रुटि सच्याउन र एउटै वडाभित्र मतदानस्थल परिवर्तन गर्नका लागि समय दिइएको थियो ।

नयाँ मतदाता नामावली सङ्कलन र त्रुटि सच्याउने अवधिपछि मात्रै सेन्टर खडा गरिए पनि सोहीबारे सबैभन्दा बढी गुनासो आएको उनी सुनाउँछन् ।

‘२५ दिनमा २ हजार १ सय ९७ वटा कल आएको रेकर्ड मध्ये सबैभन्दा बढी मतदाता नामावलीसम्बन्धी १ हजार १ सय ३९ गुनासा आए,’ उनले भने ।

निर्वाचन आधारसंहिता अन्तर्गत २ सय ८, मतदाता शिक्षामा १ सय ७ र अन्य गरी जम्मा १ हजार ९ सय ६२ जनालाई सेन्टरले लाइभ कुराकानीमार्फत सुझाव दिएको तथ्यांक छ ।

यस्तै २ सय ३७ जनाले भने साँझ ६ बजेदेखि बिहान ९ बजेभित्र पनि गुनासो गरेका छन् । सामाजिक सञ्जालबाट आचारसंहिता उल्लङ्घन गरेको खण्डमा भने टिकटक र भाइबरको कन्टेन्ट आयोगबाटै नियमन भइरहेको छ ।

अन्य सञ्जालको हकमा गुनासोको आधारमा कम्पनीलाई इमेल पठाएर हटाउन लगाउने र सम्बन्धितलाई स्पष्टिकरण माग गर्ने गरेको पुडासैनीको भनाइ छ । उनका अनुसार कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने अवधिसम्म सञ्चालनमा रहने छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ११ : १० बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको