नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर दुई हजार ६६२ दशमलव १४ को बिन्दुमा कायम भएको हो ।

आज ३२४ कम्पनीको दुई करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ०९, विकास बैंक एक दशमलव १५, वित्त शून्य दशमलव ९२, होटल तथा पर्यटन शून्य दशमलव ४८, जलविद्युत् शून्य दशमलव २५ र लगानी समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । 

त्यस्तै, जीवन बीमा शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, लघुवित्त शून्य दशमलव ४९, निर्जीवन बीमा  शून्य दशमलव ६१ र अन्य समूह शून्य दशमलव ३५ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ३६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ४५ करोड २८ लाख ४२ हजार ४९२ बराबरको १५ लाख ३० हजार ८८८ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ४ : १९ बजे

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा