‘समृद्धि र विकाससँगै सुशासनका लागि उज्यालो नेपाल’ « Khabarhub

‘समृद्धि र विकाससँगै सुशासनका लागि उज्यालो नेपाल’


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको समृद्धि र विकाससँगै सुशासन कायम गर्न आफ्नो पार्टी स्थापना भएको बताएका छन् ।

मंगलबार उज्यालो पार्टी कार्यालय त्रिपुरेश्वरमा आयोजित राष्ट्रिय उज्यालो फ्रन्ट रामेछाप गठन कार्यक्रममा अध्यक्ष घिसिङले कुनै दर्शन वा राजनीतिक परिवर्तनका लागि मात्रै नभई सुशासन कायम गर्दै, देशभित्रै रोजगारी सृजना गरेर युवाहरूलाई देशमा नै बस्ने वातावरण निर्माणका लागि आफ्नो पार्टी स्थापना भएको बताएका हुन् ।

राजनीतिक परिवर्तन र दर्शनका लागि धेरै समय खेर फालेको भन्दै उनले अब आर्थिक क्रान्ति र परिवर्तनमा ध्यान दिनुपर्ने धारणा राखे ।

उनले मुलुकको विकास नभएसम्म राजनीतिक परिवर्तनको मात्रै कुराले कुनै अर्थ नराख्ने उल्लेख गरे । आर्थिक रूपान्तरणको कुरा नगरीकन, अब राजनीतिक पार्टीहरूले आफ्नो अस्तित्व बचाउन गाह्रो रहेको उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न दल आबद्ध युवाहरूलाई घिसिङले उज्यालो नेपाल पार्टीमा प्रवेश गराएका थिए ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : १८ बजे

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन

हाइटीमा ग्याङ आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

रोयटर्स – हाइटीको प्रमुख अन्न भण्डार मानिने आर्टिबोनिट क्षेत्रको पेटिट–रिभिएर

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थङ्कर भगवान् महावीरको

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका

चेन्नईमाथि राजस्थानको ८ विकेटको जित : १५ बलमै सूर्यवंशीको अर्धशतक

काठमाडौं – युवा ओपनर वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान