प्रतिनिधिसभा निर्वाचन : सुनसरी–१ मा २६ जना मैदानमा « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : सुनसरी–१ मा २६ जना मैदानमा


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ राजनीतिक दलका १९ र स्वतन्त्रतर्फ सात जना प्रत्याशी छन् ।  

पुराना दल नेपाल कम्युनिष्ट (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीसहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । 

यस क्षेत्रमा ३१ देखि ६८ वर्षसम्मका  उम्मेदवार मैदानमा छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३१ वर्षीय राजकुमार लिम्बु कान्छा उम्मेदवार हुन् भने राष्ट्रिय साझा पार्टीका ६८ वर्षीय भुपी राई ज्येष्ठ हुन्।

धरान उपमहानगरपालिकाका पूर्वप्रमुख श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट सूर्य भट्टराई उम्मेदवार छन्। नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेकपा एमालेबाट टिकाराम लिम्बू उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरिन तामाङ, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीबाट राजकुमार राई, संयुक्त नागरिक पार्टीका नरेश विक, उज्यालो नेपाल पार्टीका डम्बर लावती, नेकपा संयुक्त पार्टीबाट श्यामनारायण राजधामी, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बू, आम जनता पार्टीबाट रायबहादुर विष्ट, जनता समाजवादी पार्टी नेपालबाट सञ्जय राई, जनता समाजवादी पार्टीबाट नगेन्द्रबहादुर लिम्बू र मितेरी पार्टी नेपालबाट रक्षकुमार राई प्रतिस्पर्धामा छन्। 

त्यसैगरी, स्वतन्त्र उम्मेदवारमा देउमान लिम्बू, सञ्जयकुमार राई, ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा, अजय विश्वकर्मा, चेतबहादुर राई र जीवनकला राई र हेका छन्।

यो क्षेत्रमा एक लाख ५० हजार ३९३ जना मतदाता छन्भने ४१ मतदानस्थल र १६१ मतदान केन्द्र कायम गरिएका जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : १२ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी