कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा « Khabarhub

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने बताएका छन् ।

सिराहा निर्वाचन क्षेत्र नं ३ ले गोलबजारमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले प्रतिज्ञापत्र ल्याउने बताएका हुन् ।

‘फागुन २१ गते निर्वाचन हुनेछ, चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउने छन्’, उनले भने, ‘भाषण होइन, काम गरेर देखाइन्छ । वैशाख महिनाभरि बनाइएका योजनाको मूल्यांकन जेठ १ गते गरिन्छ । एक–एक महिनामा कामको मूल्यांकन हुन्छ र नागरिकलाई नै मूल्यांकनमा सहभागी गराइन्छ ।’

सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली लागू गरिने बताए । ‘यस्तो सरकार बनाउन सकिन्छ । समय पनि छ । तर यसका लागि उत्साह, अनुभव, जोश, होस र सम्हाल्ने क्षमता चाहिन्छ,’ थापाले भने ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ८ : ५६ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी