आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुवात « Khabarhub

आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुवात


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० को गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५४औँ मिनेटमा जावलाखेलका विदेशी खेलाडी निकोलस हेमिलटनले गोल गरे । यसैगरी दोस्रो गोल ६४औँ मिनेटमा बौबुकार सिसोखोकोले गरे ।

मछिन्द्र पटक–पटक खेलमा फर्किन खोजे पनि त्यसलाई जावलाखेलका खेलाडीहरूले विफल तुल्याए । खेलमा निकोलस ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीको सहभागिता छ ।

प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजार रुपैयाँ, उपविजेताले सात लाख एक हजार रुपैयाँ पाउने छन् । सहाराले यस वर्ष प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । गत वर्ष उपाधि विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजारका साथमा ट्रफी पुरस्कार पाउने सहाराले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : ३६ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया