काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा देशैभरीका १६५ वटा निर्वाचन क्षेत्रमा यतिबेला उम्मेदवारले घरदैलो तथा भेटघाट अभियान चलाइरहेका छन् । मुलुकमा संविधानदेखि नीतिगत सुधार, स्थानीय विकास र सरोकारका मुद्दाको विषयमा उनीहरूले मतदातासँग छलफल गरिरहेका छन् ।
दुईवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जा १ मा १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये नेपालको बैंकिङ क्षेत्र, उद्योग तथा व्यवसाय क्षेत्रमा राम्रो प्रदर्शन गर्दै आएका मिनप्रसाद गुरुङ पनि नेकपा ९एमाले०को तर्फबाट चुनावी मैदानमा छन् । राजनीतिक, सामाजिक र व्यावसायिक तीनै क्षेत्रमा राम्रो पहिचान बनाएका गुरुङलाई खबरहबको तर्फबाट पत्रकार नारायण अर्यालले केही प्रश्न गरेका छन् ।
मनोनयनदेखि सबै उम्मेदवारले घरदैलो भेटघाटलाई तीव्र बनाएको देखिएको छ, तपाईंले के गरिरहनुभएको छ ?
हो । आचारसंहिताको कारण चुनावी प्रचार प्रसारको अभियान त सुरु भइसकेको छैन । तर, हामी पनि मतदाताको घरसम्म पुगेर आफ्ना कुरा राख्ने र उहाँहरूको भावना बुझ्ने प्रयास गरिरहेका छौँ ।
मुलुकमा पैदा भएको संकटका कारण निर्धारित समय अगावै हुन लागेको यो निर्वाचनको कारणको विषयमा पनि हामीले मतदातासँग छलफल गरेका छौँ । साथै, मुलुकमा देखिएको समस्याको दिगो समाधानको विषयमा हामीले आगामी दिनमा सच्चिँकै निभाउनुपर्ने भूमिकाको विषयमा पनि उहाँहरूसँग मैले सुझाव मागिरहेको छु । साथै, फागुन ४ गतेदेखि हुने औपचारिक चुनाव प्रचारप्रसारको तयारी गरिरहेका छौँ ।
मुलुकमा देखिएको समस्याको दिगो समाधानको विषयमा हामीले आगामी दिनमा सच्चिँकै निभाउनुपर्ने भूमिकाको विषयमा पनि उहाँहरूसँग मैले सुझाव मागिरहेको छु ।
मुलुकमा पैदा भएको राजनीतिक संकटको कारण नै तत्कालीन एमाले नेतृत्वको सरकार हो भन्ने भाष्य पनि स्थापित भएको पाइन्छ । स्याङ्जाका मतदाताले यस विषयलाई कसरी लिएका छन् ?
यो नेपालको राजनीतिमा एउटा पक्षले जर्बजस्त स्थापित गर्न खोजेको गलत भाष्य हो । गत भदौ २३ र २४ गते कसरी घटना घटाइएको थियो भन्ने कुरा हामी सबैका सामु छर्लंग छ । आज पनि ती घटनासँग जोडिएका भिडियो फुटेज सायद सबैसँग सुरक्षित छन् । जसका आधारमा पनि धेरैले अनुमान गर्नसक्छौँ कि त्यो घटना कसरी घटेको थियो भन्ने कुरा ।
विशेषगरी जेनजी पुस्ताका नवयुवाले भ्रष्टाचारको विरुद्धमा र सुशासनको स्थापनाका निम्ति उठाएको आवाजको पक्षमा हाम्रो पार्टीको निरन्तर प्रतिबद्धता र सक्रियता छ, यो कुरा आम नेपाली जनता र स्याङ्जाबासीलाई राम्रोसँग थाहा छ ।
वास्तवमा हाम्रो मुलुक विश्वमा पछिल्लो समयमा भएको विकासको सापेक्षतामा अघि बढ्न नसकेको सत्य हो । जसका केही राजनीतिक, संवैधानिक, कानूनी, नीतिगत, संरचनात्मक लगायतका कारण छन् । जसका कारणलाई नपहिल्याइकन कुनै सरकार, राजनीतिक दल वा व्यक्तिमाथि असफलताको कारण थोपार्न खोज्नु राजनीतिक बेइमानी र पुनः मुलुकलाई थप असफलतातर्फ लैजाने काम हुने छ ।
स्याङ्जाका मतदाताले राजनीतिक घटनाक्रमलाई वस्तुगत हिसाबले बुझ्नुभएको छ । आगामी दिनमा मुलुकको भविष्य सुन्दर बनाउने विषयमा हामीसँग भरोसा र विश्वास रहेको तर, सचेततापूर्वक अघि बढ्नुपर्ने भनेर सुझाव दिनुभएको छ ।
विशेषगरी नयाँ र पुरानो भनेर समेत राष्ट्रिय रूपमा स्थापित भएको राजनीतिक माहोलमा स्याङ्जामा चुनावी वातावरण कस्तो छ रु के पुराना दललाई चुनावी प्रतिस्पर्धाको लागि विगतको तुलनामा अप्ठ्यारो स्थिति बनेको छ ?
राजनीति सधैँभरी नै सम्भावना र चुनौतीसँगै गुज्रने विषय हो । विगतका कुनै चुनाव पनि सायद कसैका लागि शतप्रतिशत सुनिश्चित थिएनन् र अहिले पनि छैन । अनि नयाँ राजनीतिक शक्ति आउने स्थापित हुने कोसिस गर्ने र जाने पनि भइरहेको छ । जुन कुरा हामीले पछिल्लो दुई दशकको नेपाली राजनीतिलाई हेर्यौँ भने राम्रोसँग बुझ्न सक्छौँ ।
स्याङ्जामा ०७९ को चुनावदेखि केही राजनीतिक शक्ति थपिएका छन् । तर, मुख्य कुरा जनताले लामो समयदेखि ठूलो विचार विमर्श र संघर्षको बीचबाट स्थापित गरेका पार्टीले नै वास्तवमा धरातललाई बुझेका हुन्छन्, समस्यालाई बुझेका हुन्छन् र त्यसको समाधानको सम्भावना पनि बोकेका हुन्छन् ।
मुख्य कुरा जनता प्रति इमान्दारिता, जनतासँग निरन्तरता र जनतासँगै रहेर सम्भावनाको खोजी गर्दै अघि बढ्दा जनताले हाम्रो प्रयत्न र सो सिलसिलामा आएका समस्या पनि देख्नुभएको छ । जसले गर्दा उहाँहरूलाई हामीले नेपाली राजनीतिमा वास्तवमा बेइमान गर्ने नियत बोकेका छैनौँ भन्ने कुरा राम्रोसँग थाहा छ ।
यही राजनीतिक र सामाजिक मनोविज्ञानका बीचमा स्याङ्जाको चुनावी माहोल छ । जहाँ हामी नै जनताको विश्वासको उच्च् स्थानमा छौँ । जसले गर्दा स्वच्छ एवं स्वतन्त्र वातावरणका बीचमा निर्वाचन हुँदा हाम्रो लागि कुनै नयाँ चुनौती सिर्जना भएको छैन । बरु जनतासमक्ष थप लोकतन्त्रको परीक्षा दिन पाउने स्थिति बनेको मैले महसुस गरेको छु ।
प्रचार-प्रसारको क्रममा निर्वाचनमा मतदातासँग के कस्ता एजेन्डा लिएर जाँदै हुनुहुन्छ ?
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सहि कार्यान्वयन हुनसक्दा संसदीय व्यवस्थामा संसद भनेको वास्तवमा नीतिगत बहस गर्ने थलो हो । जहाँ हामीले राष्ट्रिय कानून, नीति तथा कार्यक्रम निर्माणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आफ्नो निर्वाचन क्षेत्रको आवश्यकता, समस्या र जनताको भावनालाई त्यहाँसम्म पुर्याइरहने जिम्मेवारी हो ।
मैले अहिले तीनवटा कुरालाई केन्द्रमा राखेर मतदातासँग जाँदैछु । पहिलो, राष्ट्रिय रूपमा देखिएको राजनीतिक, आर्थिक, विकास लगायतका समस्यालाई सम्बोधन गर्नको लागि सकारात्मक ढंगले संविधान संशोधन गर्न र कानून तथा नीति निर्माण गर्नको लागि मैले सशक्त ढंगले भूमिका खेल्नेछु ।
पहिलो, राष्ट्रिय रूपमा देखिएको राजनीतिक, आर्थिक, विकास लगायतका समस्यालाई सम्बोधन गर्नको लागि सकारात्मक ढंगले संविधान संशोधन गर्न र कानून तथा नीति निर्माण गर्नको लागि मैले सशक्त ढंगले भूमिका खेल्नेछु ।
दोस्रो, मैले स्याङ्जा जिल्लाभित्र राष्ट्रिय स्तरबाट गर्नुपर्ने सडक, सिँचाइ, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका कार्यक्रमलाई जोड्ने कुरामा पैरवी गर्नेछु । त्यस्तै, तेस्रोमा, मैले संघीय संसदमा यहाँका जनताको निरन्तर सम्मानजनक प्रतिनिधित्व गर्नेछु ।
तपाईं एकपटक प्रदेश सभा सदस्य पनि भैसक्नुभएको छ, फेरि जनताले ठोस रूपमा नै कामको अपेक्षा गरेका हुन्छन्, पहिले के(के काम गर्नुभयो र यसपटक के-के काम गर्छु भन्ने बाचा गर्नुभएको छ ?
हो । मैले ०७४ सालमा पहिलो पटक भएको प्रदेश सभाको निर्वाचनमा यहि निर्वाचन क्षेत्र अन्तर्गतको प्रदेश ‘ख’ बाट निर्वाचित भएको थिएँ । सो विजयपश्चात प्रदेश तहले गर्नुपर्ने कानून निर्माणदेखि विकास निर्माण लगायतका कार्यक्रममा मैले सक्रिय र नतिजामुखी भूमिका निर्वाह गरेको थिएँ ।
यस निर्वाचन क्षेत्र भित्रका महत्त्वपूर्ण सडकमध्ये नागडाँडा–कार्कीनेटा सडक कालोपत्रे, पुतलीखेत–आरुचौर–फापरथुम–भुद्रुमखोला–सिरुबारी सडक विस्तार, घुम्ती–चिसापानी–हरिनास सडक र प्रगतिनगर–बहाकोट सडक विस्तार र कालोपत्र गर्ने कामको निरन्तर अगुवाइपूर्ण नेतृत्व मैले गर्दै आएको छु ।
त्यस्तै, हेलु–अर्जुनचौपारी–रापाकोट–पर्वत सडक कालोपत्रे, ज्याग्दीखोला करिडोर विस्तार, विरुवा मनकामना सडकको स्तरोन्नती, जुग्लेमा पुल, फेदीखोला–बाँगे–बाङसिङ–पञ्चासे लगायतका सडकमा हामीले नेतृत्व लिएर नै धेरै काम गरेका छौँ ।
सोही समयमा नै एक घर एक धारा कार्यक्रम लागू भएको छ, विद्यालयलाई प्राविधिक रूपमा स्तरोन्नती गर्ने, सिँचाइ, तटबन्धन र पर्यटनको क्षेत्रमा हामीले धेरै काम अघि बढाएका छौँ । सुरु गरिएका धेरै कामलाई सम्पन्न गर्नुपर्ने अवस्था छ भने कतिपय नयाँ कामको सुरुवात गर्नुपर्ने अवस्था पनि छ ।
हेलु–अर्जुनचौपारी–रापाकोट–पर्वत सडक कालोपत्रे, ज्याग्दीखोला करिडोर विस्तार, विरुवा मनकामना सडकको स्तरोन्नती, जुग्लेमा पुल, फेदीखोला–बाँगे–बाङसिङ–पञ्चासे लगायतका सडकमा हामीले नेतृत्व लिएर नै धेरै काम गरेका छौँ ।
अब खरको छाना भएका घरलाई रूपान्तरण गर्ने, यस निर्वाचन क्षेत्रका विद्यालयलाई प्राविधिक विद्यालयको रूपमा रूपान्तरण गर्ने, प्रदेश अस्पतालको क्षमता वृद्धि गर्ने, गोर्खा स्मारक, भालु पहाड, नुवाकोट, खर्सु, पेल्काचौर लगायतका क्षेत्रमा पर्यटन क्षेत्रको विकास गर्ने, सुन्तला प्रशोधन केन्द्र निर्माण, थुप्रै संख्याका सडकको स्तरोन्नती र विस्तार लगायत धेरै विषयको कार्यान्वयनका लागि मैले प्रतिबद्धता तयार गरेर जनतामा जाने तयारी गरेको छु ।
तपाईंले चुनावमा जनताको विश्वास जितेर विजय प्राप्त गर्ने आधार के छन् ?
मैले पहिले पनि भनिसकेजस्तै म लामो समयदेखि राजनीतिक, सामाजिक, विकास लगायत सबै कोणबाट निरन्तर यहाँका जनताको बीचमा छु । मेरो मुख्य प्रतिस्पर्धा हुने मित्रहरूको तुलनामा सायद म सबैभन्दा बढी जनताको मायाको बीचमा छु भन्ने विश्वास मलाई छ ।
अर्को, पछिल्लो समयमा राजनीतिक रूपमा राष्ट्रिय स्वाधीनता, राष्ट्रको रक्षा र समृद्धिको भोक जगाउने काम हाम्रो पार्टीले नै गरेको छ भन्ने कुरा यहाँका मतदाताले राम्रोसँग बुझ्नुभएको छ । हाम्रो पार्टीको संगठनात्मक अवस्था यहाँ निकै बलियो छ । यो टोलटोलका जनताले बनाएको पार्टी हो । संगठनको एकमना एकताको बीचमा म उम्मेदवार भएको हुनाले मेरो जितको निम्ति सम्पूर्ण पार्टी पङ्ती एक ढिक्का भएर लागेको छ । यो आधारमा पनि मैले विजय हासिल गर्छु ।
तेस्रो, मैले नै स्याङ्जाको आर्थिक, सामाजिक तथा भौतिक विकास र केन्द्रसम्म जोड्ने क्षमता राख्छु भन्ने विश्वास मतदाताले गर्नुभएको छ । मसँग पुरानो पुस्ता र नयाँ पुस्तालाई सम्बोधन गर्दै सँगै मिलाएर लैजान सक्ने क्षमताको कारणले मतदाताले मलाई नै रोज्नुहुन्छ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु ।













प्रतिक्रिया