टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन बनाएको हो ।

भारतका लागि ओपनर ईशान किशनले आक्रामक अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो सुरुआत दिलाए । उनले २४ बलमा ६१ रन बनाए भने हार्दिक पाण्ड्याले ५२ रनको महत्त्वपूर्ण योगदान दिए । तिलक वर्माले २५ रन जोडे भने शिवम दुबे २३ रनमा रनआउट भए। कप्तान सूर्यकुमार यादव १२ रनमै आउट हुँदा सन्जु सैमसन २२ रनमा आउट भए। अक्षर पटेल भने खाता नखोली पभेलियन फर्किए ।

नामिबियाका कप्तान जेरार्ड इरास्मसले शानदार बलिङ प्रदर्शन गर्दै भारतलाई दबाबमा राखे । उनले ४ विकेट लिए भने १९औँ ओभरमा लगातार तीन विकेट झार्दै भारतको रन गति रोके । टस जितेर नामिबियाले पहिले फिल्डिङ रोजेको थियो ।

अब नामिबियाले जितका लागि २१० रनको लक्ष्य पछ्याइरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ९ : ३१ बजे

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने

चीन सरकारको चासोपछि अन्तर्राष्ट्रिय तिब्बत अध्ययन सम्मेलन रद्द

काठमाडौं – भदौ पहिलो साताका लागि काठमाडौंमा तय गरिएको इन्टरनेसनल