विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा « Khabarhub

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन् । शुक्रबार समूह ‘बी’, ‘डी’ र ‘ए’का तीन खेल हुन लागेका हुन् ।

पहिलो खेलमा समूह ‘बी’को अस्ट्रेलिया र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन् । पहिलो खेलमा विजयी भएका दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् । यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ ।

दोस्रो खेलमा समूह ‘डी’का क्यानडा र यूएई प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा भारतको दिल्लीमा हुँदैछ । एकएक खेल खेलेका क्यानडा र यूएई विश्वकपमा जितबिहीन छन् ।

शुक्रबारको अन्तिम खेलमा नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’का यी दुई देशको खेल साँझ ७ बजेर १५ मिनेटमा चेन्नईमा सुरु हुँदैछ । नेदरल्यान्डले दुई खेल खेल्दा एउटा जित र एक हारको सामना गरेको छ भने अमेरिका जितबिहीन छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : ५३ बजे

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने

चीन सरकारको चासोपछि अन्तर्राष्ट्रिय तिब्बत अध्ययन सम्मेलन रद्द

काठमाडौं – भदौ पहिलो साताका लागि काठमाडौंमा तय गरिएको इन्टरनेसनल