नवनियुक्त चिनियाँ राजदूत कार्यभार सम्हाल्न आइपुगे « Khabarhub

नवनियुक्त चिनियाँ राजदूत कार्यभार सम्हाल्न आइपुगे


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न शुक्रबार बिहान काठमाडौंमा ओर्लिएका छन् ।

उनी शुक्रबार बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । उनी यसअघि चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशकका रुपमा कार्यरत थिए । चाङलाई गत पुस तेस्रो साता नेपालका लागि चिनियाँ राजदूतमा नियुक्त गरिएको थियो ।

उनले नेपाल आएपछि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । नेपाली राजनीति कूटनीतिक क्षेत्रमा परिचित उनलाई चीनले त्यहीअनुसार पठाएको हो ।

उनले तीन वर्षे कार्यकाल पूरा गरेर बढुवापछि फर्किएका चेन सोङको स्थान लिँदैछन् । यसअघि उनी नेपाली अधिकारी र नेताहरूसँग भएका विभिन्न भेटघाटमा सहभागी भइसकेका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १२ : ५३ बजे

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का

कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान

कास्की– गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी,

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं–  उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा