उम्मेदवार गाउँ गाउँमा : चुनावी प्रचार तीव्र « Khabarhub

उम्मेदवार गाउँ गाउँमा : चुनावी प्रचार तीव्र


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा– फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी प्रचार तीव्र बन्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ गाउँमा पुगेका छन् । 

 गाउँ–गाउँमा राजनीतिक दल तिनका उम्मेदवार निर्वाचन प्रचारको लागि गाउँ गाउँ व्यस्त छन् । तर युवा मतदाता गाउँमा कम नै छन् ।  सुर्खेतको चौकुने गाउँपालिकाका–५ का लोकेन्द्र सिंहराज थापाले युवा अहिले गाउँमा कम नै नभएको बताए  । 

उनले भने, ‘यहाँका युवा खेतीपातीको याम र चाडपर्वको बेलामा गाउँमा आउँछन्, अन्य बेलामा रोजगारीका लागि भारततिर जाने गर्दछन् ।’

उनले गाउँमा निर्वाचनको रौनक बढे पनि महिला र बुढाबुढी मात्रै मतदाता रहेको भन्दै अब गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने माग गरे । 

चौकुने गाउँपालिकाकै सीतादेवी नेपालीले पनि अहिले गाउँमा युवा मतदाता कम नै रहेको बताइन् । उनले राजनीति भन्दा जीविकोपार्जन कसरी गर्ने भन्ने अवस्थाले युवाहरु बिदेसिन बाध्य भएको बताए । 

सुर्खेत चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बाँस्तोलाले स्वरोजगार सम्बन्धिका कार्यक्रम सञ्चालन गरिए पनि युवाहरू गाउँमा नबस्ने गरेको बताए । सुर्खेत मात्रै होइन, कर्णालीका अधिकांश युवा रोजगारीका लागि भारतमा जाने गर्दछन् । पछिल्लो समय भने भारत बाहेकका मुलुकमा जानेसमेत थालेका छन् । 

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १ : ३१ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन